निर्वाचनको वातावरण बनाउन प्रधानमन्त्री कार्कीको आह्वानमा सर्वपक्षीय बैठक आज

हिमाल प्रेस १९ मंसिर २०८२ ७:१३
4
SHARES
निर्वाचनको वातावरण बनाउन प्रधानमन्त्री कार्कीको आह्वानमा सर्वपक्षीय बैठक आज

काठमाडौँ- आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको वातावरण निर्माण र आवश्यक तयारीबारे छलफल गर्न प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्ने भएको छ। बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए।

बैठकमा सरकारका प्रतिनिधि, प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका शीर्ष नेताहरू सहभागी हुनेछन्। साथै निर्वाचन आयोगका पदाधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूलाई पनि बाेलाइएको छ।

सर्वपक्षीय बैठकमा आगामी निर्वाचनको तयारी, सुरक्षा व्यवस्था, आचारसंहिता कार्यान्वयन, चुनावी वातावरणका चुनौती र समन्वयका विषयमा विस्तृत छलफल हुने रावलको भनाइ छ।

आगामी माघ ११ गते राष्ट्रियसभा निर्वाचन र फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन तोकिएको छ।

प्रकाशित: १९ मंसिर २०८२ ७:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast