काठमाडौँ- काठमाडौँको हेराल्ड कजले आफ्नो वार्षिक दीक्षान्त समारोह सम्पन्न गरेको छ। समारोहमा कलेजक ९०३ विद्यार्थी दीक्षित भएका हुन्। कलेजले जनाएअनुसार समारोहमा ६९७ जना कम्प्युटर विज्ञानमा स्नातक, ५२ जना बीआईबीएम र २०६ जना इन्टरनेसनल एमबीए दीक्षित भएका छन्।
अन्य वर्ष जस्तै यस वर्ष पनि इनोभेट नेपाल ग्रुप (आईएनजी) द्वारा प्रदान गरिने प्रतिष्ठित पोस्टग्राजुएट स्कलरसिप उत्कृष्ट विद्यार्थीलाई प्रदान गर्ने परम्परालाई निरन्तरता दिइएको कजलेजले जनाएको छ।
कम्प्युटर स्नातकतर्फका विद्यार्थी सक्षम शर्मा यस वर्षका छात्रवृत्ति प्राप्त बनेका छन्। उनी अब इस्लिङ्टन कलेजमा स्नातकोत्तर अध्ययन गर्ने कलेजले जनाएको छ। छात्रवृत्तिसँगै शर्माले आईएनजी अन्तर्गतको कुनै संस्थामा रोजगारको अवसर पनि प्राप्त गर्नेछन्।
समारोहमा बोल्दै आईएनजीका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकीले हेलाल्ड कजेलका स्नातकहरू नेपालका सरकारी निकाय तथा प्रतिष्ठित निजी क्षेत्रका संस्थाहरूमा उत्कृष्ट रुपमा कार्यरत रहेको उल्लेख गरे।
उनले बेलायती विश्वविद्यालयको डिग्री विश्वकै उत्कृष्ट मानिनुका कारण विद्यार्थी सूचना प्रविधि क्षेत्रमा अझ सक्षम, प्रतिस्पर्धी र अनुसन्धानमुखी बन्न मद्त पुगेको बताए।



