काठमाडौँ- लन्डनमा ‘नेपाली फिल्म फेस्टिभल’ हुने भएको छ। थर्ड आईले आगामी फेब्रुअरीमा फिल्म महोत्सव आयोजना गर्ने भएको छ। महोत्सव फेब्रुअरी १८ देखि २५ सम्म चल्नेछ।
विश्व बजारमा नेपाली फिल्मको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिने आयोजकको भनाइ छ।
फेस्टिभलमा नेपाली फिल्म प्रदर्शन गरिनेछन्। हलमा प्रदर्शनमा आएका तर युट्युबमा नआइसकेका फिल्म छनोट गरी फेस्टिभलमा देखाइने आयोजकले जनाएको छ।
‘जीवन काँडा कि फूल’, ‘प्रकाश’, ‘झिंगेदाउ’, ‘प्रेमगीत-३’ लगायत फिल्म महोत्सवमा देखाइनेछ।
महोत्सवकै लागि भुवन केसी, नीर शाह, करिश्मा मानन्धर, सौगात मल्ल, स्वस्तिमा खड्का, आँचल शर्मा, पुष्प खड्का, अनुपविक्रम शाही, विल्सनविक्रम राई, यश कुमार, रीमा विश्वकर्मालगायत कलाकार लन्डन जानेछन्।
प्रकाशित: ४ माघ २०७९ १३:४०
प्रतिक्रिया