‘परिवर्तन’ को पोस्टरमा यस्तो देखिए कलाकार

हिमाल प्रेस १७ मंसिर २०८२ १२:१३ | Wednesday, December 3, 2025
24
SHARES
‘परिवर्तन’ को पोस्टरमा यस्तो देखिए कलाकार

काठमाडौँ- फिल्म ‘परिवर्तन’ को पोस्टर सार्वजनिक भएको छ। फिल्मका सात कलाकारको तस्बिरसहितको पास्टर सार्वजनिक गरिएको हो।

दिब्यासी फिल्म्सको ब्यानरमा तयार भएको नेपाली फिल्म ‘परिवर्तन’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले बुधबार रिलिज गरेको पोस्टरमा सात मुख्य कलाकारकाे क्यारेक्टर लुक्ससहित प्रस्तुत गरिएको छ।

पोस्टरमा कलाकार सुशील श्रेष्ठ, अञ्जना बराइली, सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचे  देखिएका छन्।

सुशील एक्सन अवतारमा छन्। घाइते अवस्थामासमेत उनी दुश्मनमाथि बन्दुक ताकिरहेकाे देखिन्छ। अञ्जना बराईली प्रहरी इन्स्पेक्टरकाे भूमिकामा देखिएकी छन्। अन्य कलाकार पात्रगत चरित्रमा छन्।

एक्सन र सस्पेन्स जनरामा बनेको फिल्मका निर्देशक विजय केरुङ हुन्। दीपक शिवाकोटीको कथा तथा निर्माणमा बनेको फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन्।

शिव ढकालले छायांकन गरेको फिल्म बन्दे प्रसादको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, एसडी योगीको संगीत र श्री श्रेष्ठको द्वन्द्व निर्देशनमा बनेको छ। फिल्म माघ ९ गते प्रदर्शन हुनेछ।

प्रकाशित: १७ मंसिर २०८२ १२:१३ | Wednesday, December 3, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast