फिल्म ‘पीआर’ को ट्रेलरमा अस्ट्रेलिया पुगेका नेपाली युवाको कथा

हिमाल प्रेस १७ मंसिर २०८२ ११:१६
6
SHARES
फिल्म ‘पीआर’ को ट्रेलरमा अस्ट्रेलिया पुगेका नेपाली युवाको कथा

काठमाडौँ- शोभित बस्नेतको निर्देशनमा बनेको फिल्म ‘पीआर’ को ट्रेलर सार्वजनिक भएको छ। ३ मिनेट १ सेकन्डको ट्रेलरमा नेपालबाट पढ्नका लागि अस्ट्रेलिया पुगेका युवाको कथालाई देखाइएको छ।

ऋण खोजेर अस्ट्रेलिया पुगेका युवाको सपना पीआर लिने भन्ने हुन्छ। यता नेपालबाट ऋणमा पठाएको छोराले पैसा पठाउन नसक्दा र उता विदेशको परिस्थिति बुझ्न नसक्दाको अवस्थालाई पर्दामा उतार्न खोजिएको छ। फिल्मको कथा गणेश बुढाथोकीले लेखेका हुन्।

फिल्ममा प्रेम कथा, बिछोडको पीडा र देशको माया समेटिएको फिल्म यही मंसिर २६ देखि प्रदर्शन हुनेछ। फिल्ममा आर.ए.सुरज पौडेल, विनिता कार्की मुख्य भूमिकामा छन्।

साथै फिल्ममा नीर शाह, गौरी मल्ल, रवीन्द्र खड्का, उत्तम के‍.सी. नेपाल, दिक्पाल कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा, नवीन घायललगायत कलाकारको अभिनय छ।

सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको फिल्ममा लक्ष्मण सापकोटा र प्रदीप दाहालले लगानी गरेका छन्। सौरभ सायमी र सौरभ लामाले फिल्मको छायांकन गरेको फिल्म बन्दे प्रसादले सम्पादन गरेका छन्।

प्रकाशित: १७ मंसिर २०८२ ११:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast