‘पीआर’ को प्रचारका लागि अस्ट्रेलियाबाट आए कलाकार आर.ए. सुरज र विनिता

हिमाल प्रेस १६ मंसिर २०८२ १३:०६ | Tuesday, December 2, 2025
20
SHARES
‘पीआर’ को प्रचारका लागि अस्ट्रेलियाबाट आए कलाकार आर.ए. सुरज र विनिता

काठमाडौँ- फिल्म ‘पीआर’ यहि मंसिर २६ देखि प्रदर्शन हुँदैछ। फिल्मका निर्माण टिम यतिबेला प्रचारमा व्यस्त छन्। फिल्मको कथा पनि पीआरसँगै जोडिएको टिमले जनाएको छ। फिल्ममा अस्ट्रेलियामा बसोबास गर्दै आएका आर.ए. सुरज पौडेल र विनिता कार्की मुख्य भूमिकामा छन्।

फिल्मका निर्देशक शोभित बस्नेत पनि केही साताअघि फिल्मको स्पेशल सो का लागि अस्ट्रेलिया गएका थिए। सो सकिएपछि उनी फिल्मका मुख्य कलाकार लिएर नेपाल फर्केका हुन्। मुख्य कलाकारलाई दर्शकसँग भेट गर्न नेपाल ल्याएको निर्देशक बस्नेतले बताए।

अस्ट्रलियामा फिल्मबारे राम्रो प्रतिक्रिया पाएको भन्दै कलाकार विपिता कार्कीले बताइन्। ‘फिल्म प्रदर्शनलाई लिएर निकै उत्साहित छु। अस्ट्रेलियामा भएको विशेष सो मा दर्शकले फिल्म असाध्यै मन पराइदिनु भयो’, उनले खुसी हुँदै भनिन्, ‘फिल्म प्रदर्शनपछि नेपालका दर्शकले पनि मन पराइदिनुहुन्छ भन्नेमा विश्वास छ।’ विनिताको यो डेब्यु फिल्म हो।

साथै फिल्मको सम्पूर्ण टिम नेपाल प्रचारमा जुटेका छन्। फिल्ममा सहायक कलाकारमा नीर शाह, गौरी मल्ल, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, मस्तानी, बिमला खत्री, गणेश बुढाथोकी, म्याक्स बाबु, कृष्ण थापा, नवीन घायललगायत कलाकारको अभिनय छ। विशेष भूमिकामा रवीन्द्र खड्का, उत्तम के.सी. र दिक्पाल कार्की पनि देखिने टिमले जनाएको छ।

यस फिल्मका प्रस्तुतकर्ता रञ्जित साह र सन्तोष तिवारी हुन्। फिल्मका निर्मातामा लक्ष्मण सापकोटा र प्रदीप दाहाल छन्। गणेश बुढाथोकीको कथा लेखन रहेको फिल्म बन्दे प्रसादको सम्पादन, सौरभ सायमी र सौरभ लामाको छायांकनमा बनेको छ।

निर्देशक बस्नेतले दश वर्षपछि यही फिलमबाट निर्देशनमा पुनरागमन गरेका हुन्।

प्रकाशित: १६ मंसिर २०८२ १३:०६ | Tuesday, December 2, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast