स्वास्थ्य क्षेत्रमा अधिकतम सुधारको प्रयास गर्छु : स्वास्थ्यमन्त्री

हिमाल प्रेस १५ मंसिर २०८२ १५:४३
12
SHARES
स्वास्थ्य क्षेत्रमा अधिकतम सुधारको प्रयास गर्छु : स्वास्थ्यमन्त्री

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले आफ्नो छोटो कार्यकालमा स्वास्थ्य क्षेत्रमा अधिकतम सुधारको प्रयास गर्ने बताएकी छन्।

सोमबार मन्त्रालयमा बाजुरामा स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउनुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाउन आएका युवाहरुसँगको छलफलका क्रममा मन्त्री गौतमले फागुनसम्ममा स्वास्थ्य क्षेत्रमा अधिकतम सुधारको प्रयास गर्ने बताएकी हुन्।

निर्वाचनको आचारसंहिता लागू हुनुभन्दा पहिलेनै छिटो रफ्तारमा काम गर्न आफूले मातहतका निकायलाई निर्देशन समेत दिएको उनले बताइन्। मन्त्री गौतमले कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा मेडिकलको पढाइ सुरु गर्ने प्रयास भइरहेको भन्दै आवश्यक जनशक्ति प्रबन्धको तयारी भइरहेको जानकारी दिइन्।

उनले गेटामा आवश्यक स्रोतसाधन उपलब्ध गराउन मन्त्रालय प्रतिबद्ध रहेको बताइन्। त्यस्तै मन्त्री गौतमले बाजुरा जिल्ला अस्पताललाई सुदृढीकरण गर्न केन्द्रले आवश्यक सहजीकरण गर्ने उल्लेख गरे।

उनले सुदूरपश्चिम र कर्णालीलाई उच्च प्राथमिकतामा राखेर नयाँ सरकारले काम गरिरहेको जानकारी दिए।

प्रकाशित: १५ मंसिर २०८२ १५:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast