‘डल्लेले इन्ट्री मार्‍यो’ मा चुरोट तानिरहेका ‘बले’

हिमाल प्रेस १५ मंसिर २०८२ ११:३६ | Monday, December 1, 2025
20
SHARES
‘डल्लेले इन्ट्री मार्‍यो’ मा चुरोट तानिरहेका ‘बले’

काठमाडौँ- फिल्म ‘डल्लेले इन्ट्री मार्‍यो’ मा कलाकार सागर लम्साल (बले) को तस्बिर सार्वजनिक गरिएको छ। निर्माण टिमले सोमबार फिल्मको पहिलो पोस्टर सार्वजनिक गरेका हुन्।

पोस्टरमा कलाकार लम्साल उभिएर चुरोट तान्दै गरेको देखिएका छन्। पोस्टरले युवापुस्तामा बढ्दो कुलतप्रति निर्देशकले केही सन्देश दिन खोजेको अनुमान गर्न सकिन्छ।

फिल्म आगामी चैत २७ देखि प्रदर्शन हुनेछ। फिल्म कास्कीको याङ्जाकोट र काठमाडौँको गागलफेदी आसपास छायांकन गरिएको छ। फिल्मका निर्देशक राजु गिरी हुन्। फिल्मको पटकथा र संवाद लक्ष्मण सुवेदीले लेखेका छन्।

बलेसहित फिल्ममा रोशनी खड्का, रमेश बुढाथोकी, हेमन्त बुढाथोकी, रजीन्द्र झा, कैलास रावत, विशाल पहाडी, ध्रुव कोइराला, साबित्रा चिलुवाल, आशा पौडेल, लक्ष्मीनाथ तिमिल्सिना, ओसिन भट्टराई, मोहनकृष्ण श्रेष्ठ, सुचेन्द्र परियार, रामहरि खड्का, रमेश अधिकारी, माधबा खनाल, सुस्मा केसी, नवराज गिरी, निर्देशक राजु गिरी स्वयं र बाल कलाकारमा कंगना गिरी, रोनिश खड्का र काजल गिरीले अभिनय गरेका छन्।

फिल्म उषा फिल्म्स प्रा.लि.को ब्यानरमा निर्माण भएको हो।

प्रकाशित: १५ मंसिर २०८२ ११:३६ | Monday, December 1, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast