प्रधानमन्त्री कार्कीले गरिन् ‘जेनजी’ सहिदका परिवारसँग छलफल

हिमाल प्रेस १४ मंसिर २०८२ १९:३५ | Sunday, November 30, 2025
16
SHARES
प्रधानमन्त्री कार्कीले गरिन् ‘जेनजी’ सहिदका परिवारसँग छलफल

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ प्रदर्शनका क्रममा सहादत प्राप्त सहिदका परिवारसँग छलफल गरेकी छन्।

आइतबार सिंहदरबारमा सहिद परिवारका तर्फबाट आएको प्रतिनिधिमण्डलसँग भएको छलफलका क्रममा सरकारले प्रदर्शनको ‘म्यान्डेट’अनुरुप गरेका कामका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सहिद परिवारका भोजविक्रम थापाको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले चुनावको मात्र कुरा नगरी भ्रष्टाचारविरुद्धको कारबाही र आन्दोलनमा दमन गर्नेहरूलाई तत्काल पक्राउ गर्नुपर्ने धारणा पनि राखेको थियो।

यस्तै यसअघि सरकारसमक्ष राखेका १४ बुँदे माग तत्काल कार्यान्वयन हुनुपर्ने र पुनः आन्दोलनमा जान सक्ने अवस्था आउन नदिनेबारे पनि सचेत गराइएको जनाइको छ।

प्रधानमन्त्री कार्की र मन्त्री गुप्ताले आन्दोलनको म्यान्डेट र सहिद परिवारका मागप्रति सरकार गम्भीर र इमानदार रहेको बताए। छलफलमा युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, नेपाल सरकारका मुख्य सचिव सुमनराज अर्याललगायतको उपस्थिति थियो।

प्रकाशित: १४ मंसिर २०८२ १९:३५ | Sunday, November 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast