यस्तो छ एमाले महाधिवेशनको लोगो

हिमाल प्रेस १४ मंसिर २०८२ १४:५६ | Sunday, November 30, 2025
12
SHARES
यस्तो छ एमाले महाधिवेशनको लोगो

काठमाडौँ- नेकपा एमालेको आसन्न ११ औँ महाधिवेशनको लोगो सार्वजनिक गरिएको छ। काठमाडौँमा आइतबार आयोजित एक समारोहमा अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको लोगो सार्वजनिक गरेका हुन्।

एमालेको महाधिवेशन आगामी २७ गतेदेखि तीन दिनसम्म काठमाडौँमा हुँदै छ। पार्टीले शनिबार महाधिवेशनका लागि प्रतिनिधि छनोट गरेको छ।

अध्यक्ष पदका लागि केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ। ओलीले तेस्रो पटक अध्यक्ष बन्नका लागि पार्टी विधानमा रहेको दुई कार्यकालको व्यवस्था संशोधन गरेका छन्। पोखरेलले पनि केही दिनअघि वक्तव्य जारी गरी उम्मेदवारी घोषणा गरेका छन्। पोखरेललाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको समर्थन छ।

प्रकाशित: १४ मंसिर २०८२ १४:५६ | Sunday, November 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast