सामाजिक सञ्जालमा प्रतिक्रियापछि प्रधानमन्त्री कार्कीले भनिन्- सबै धर्मप्रति सम्मान छ

हिमाल प्रेस १४ मंसिर २०८२ १०:४३ | Sunday, November 30, 2025
26
SHARES
सामाजिक सञ्जालमा प्रतिक्रियापछि प्रधानमन्त्री कार्कीले भनिन्- सबै धर्मप्रति सम्मान छ

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको उद्घाटन कार्यक्रममा आफूले व्यक्त गरेका विचारका सम्बन्धमा सामाजिक सञ्जालमा उठेको टिप्पणीहरूबारे प्रस्टीकरण दिएकी छन्।

उनले आज फेसबुकमा लेख्दै कुनै पनि धर्म वा समुदायलाई होच्याउने आफ्नो उद्देश्य नरहेको बताइन्। प्रधानमन्त्री कार्कीले भनिन्,‘कुनै पनि धर्म वा समुदायलाई होच्याउने मेरो आशय र नियत होइन, छैन। सबै धर्मप्रति मेरो उत्तिकै सम्मान छ।’

अभियान उद्घाटनका क्रममा व्यक्त अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएपछि उनले शान्ति र सद्भाव कायम राख्न सबैलाई आग्रह गरेकी छन्। ‘शान्ति, सद्भाव र सहिष्णुता कायम राख्न सबैमा विनम्र अनुरोध छ,’ प्रधानमन्त्री कार्कीले उल्लेख गरेकी छन्।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान देशभर विभिन्न कार्यक्रमका साथ सञ्चालन भइरहेको छ।

प्रकाशित: १४ मंसिर २०८२ १०:४३ | Sunday, November 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast