घरदैलोमै निःशुल्क स्वास्थ्य सेवा

हिमाल प्रेस ४ माघ २०७९ ८:१६ | Wednesday, January 18, 2023
घरदैलोमै निःशुल्क स्वास्थ्य सेवा

काठमाडौँ- कालीकोटको रास्कोट नगरपालिकाले गाउँघरमै निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने गरेको छ। ‘मेयर हेल्थकेयर कार्यक्रम’मार्फत ‘नगर भरोसा होस्, नगर माथि गाउँघरमा स्वास्थकर्मी साथी’ नाराका साथ नगरपालिकाले घरदैलोमै स्वास्थ्य सेवा दिन थालेको हो।

नागरिकको घरदैलोमै पुगेर निःशुल्क स्वास्थ्य सेवालगायत सेवा प्रदान गर्ने गरिएको छ । नगरपालिकाले ‘मेयर हेल्थकेयर कार्यक्रम’मार्फत पालिकाभित्रका गर्भवतीको निःशुल्क स्वाथ्य जाँच, गाउँघरमै पुगेर वृद्धाभत्ता, निःशुल्क स्वास्थ्य सेवा र ज्येष्ठ नागरिक तथा दम, मधुमेह, उच्च रक्तचापका बिरामीका लागि निःशुल्क औषधी दिँदै आएको नगरपालिकाका प्रमुख धर्मराज शाहीले बताए।

‘घरदैलामै पुगेर एकीकृत सेवा प्रवाह गर्दैआएका छौँ’, उनले भने, ‘पालिकाभित्रका सुत्केरी र गर्भवतीको मोबाइलमा एसएमएस एलर्ट सेवा प्रदान गर्ने गरिएको छ।’ ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिको स्वास्थ्य बिमा गरिएको छ। नगरपालिकाले सबै नागरिकको स्वास्थ्य बिमा गरेको छ। ‘नगरपालिकाले नै विपन्न तथा आर्थिक अवस्था कमजोर भएका र ज्येष्ठ नागरिकको बीमा गरिदिएको छ’, शाहीले भने।

नगरपालिकाकाले ‘मेयर हेल्थकेयर कार्यक्रम’मार्फत हालसम्म १० हजार नागरिकले स्वास्थ्य सेवा पाएको नगरपालिकाले जनाएको छ। नगरपालिकाले घुम्ती सेवामार्फत एकीकृत निःशुल्क शिविर सञ्चालन गर्ने गरेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बमले जानकारी दिए।

‘हामीले यो कार्यक्रमअन्तर्गत स्वास्थ्य, आयुर्वेद, पञ्जीकरणलगायतका अन्य काममा नागरिकको घरमा नै सेवा दिने गरेका छौँ’, उनले भने, ‘यो कार्यक्रम प्रत्येक महिनाको एक दिन नगरपालिकाका नौवटै वडामा सञ्चालन हुन्छ।’

प्रकाशित: ४ माघ २०७९ ८:१६ | Wednesday, January 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast