निर्वाचनमा सक्रिय सहभागिता जनाउन एमाले नेताहरूलाई प्रधानमन्त्रीको आग्रह

हिमाल प्रेस ११ मंसिर २०८२ २०:०० | Thursday, November 27, 2025
26
SHARES
निर्वाचनमा सक्रिय सहभागिता जनाउन एमाले नेताहरूलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सक्रियरूपमा सहभागी हुन एमाले नेताहरूलाई आग्रह गरेकी छन्।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा एमालेका नेताहरूसँग छलफल गर्दै प्रधानमन्त्री कार्कीले तोकिएको समयमा नै निर्वाचन गर्न सरकार गम्भीर भएर लागेको भन्दै निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन आग्रह गरेकी हुन्।

प्रधानमन्त्रीको आग्रहमा एमाले नेताहरूले निर्वाचनको उचित वातावरण बने आफूहरू भाग लिन तयार रहेको बताएको एमाले नेता महेश बर्तौलाले जानकारी दिए। उनले लोकतान्त्रिक मूल्यमान्यतालाई जीवन्त बनाउन लामो समय संघर्ष गरेको पार्टी जनताका बीचमा परीक्षण हुने कुरामा कहिल्यै विरोध नगर्ने जवाफ दिएको बताए।

उनले चुनावका लागि आफूहरूले वातावरण खोजिरहेको भन्दै सरकारले सुरक्षा लगायतका विषयमा गम्भीर भएर काम गर्नुपर्ने बताए। उनले संसद् पुनर्स्थापनाका विषयमा अदालतले संवैधानिक परीक्षणको बाटो टुंग्याएपछि सबै विषय निर्धारण हुने जिकिर गरे।

छलफलपछि सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले प्रधानमन्त्रीले औपचारिकरूपमा निर्वाचनमा सहभागी हुन आग्रह गरेको जानकारी दिए। एमाले नेताहरूले आफूहरू निर्वाचनबाट नभाग्ने र सरकारले निष्पक्षरूपमा निर्वाचन गर्ने वातावरण बनाए भाग लिने बताएको खरेलले बताए। उनले चुनावका सन्दर्भमा देखिएका आशंकाहरू एमाले नेताहरूसँग भेटेपछि धेरै कम भएको महसुस भएको उल्लेख गरे।

छलफलमा एमालेका तर्फबाट महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र युवा नेता महेश बर्तौला सहभागी भएका थिए।

प्रकाशित: ११ मंसिर २०८२ २०:०० | Thursday, November 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast