एनपीएल : जनकपुरविरूद्ध पोखराको सहज जित

हिमाल प्रेस ११ मंसिर २०८२ १९:२४ | Thursday, November 27, 2025
12
SHARES
एनपीएल : जनकपुरविरूद्ध पोखराको सहज जित

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले पहिलो जित हात पारेको छ। डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई २५ रनले पराजित गर्दै पोखराले प्रतियोगितामा पहिलो जित हात पारेको हो।

जनकपुरले भने जारी प्रतियोगितामा लगातार तेस्रो हार बेहोरेको छ। जनकपुर यसअघि विराटनगर र काठमाडौँसँग पराजित भएको छ। यो हारसँगै प्रतियोगितामा टिकिरहन बाँकी सबै खेल जित्नुपर्ने दबाबमा जनकपुर देखिएको छ।

टस जितेर ब्याटिङ रोजेको पोखराका शीर्ष र मध्यक्रमका ब्याटरहरूले सन्तोषजनक प्रदर्शन गर्दा १५५ रनको योगफल खडा गर्न सफल भयो। पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रनको योगफल खडा ग¥यो।

ओपनिङका लागि आएका दिनेश खरेलले ३८ र एडम रोसिङ्टनले २४ रन बनाए।

कप्तान कुशल भुर्तेल शून्य रनमा आउट हुँदा सुमित वर्माले आक्रामक ५० रनको इनिङ खेले। जिमी निसम एक रनमा आउट हुँदा त्रितराज दासले २९ रनको योगदान दिए।

जनकपुरका लागि सञ्जय कृष्णमुर्तिले ३, ललित राजवंशी र अनिल साहले १–१ विकेट लिए।

१५६ रनको लक्ष्य पाएको जनकपुरका शीर्षक्रमका साथै मध्यक्रमका ब्याटरहरू चल्न सकेनन्। जनकपुरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३० रनमात्रै बनाउनसक्यो।

पहिलो खेलमा ब्याटिङका लागि उत्रिएका माज सदाक्तले आक्रमक ब्याटिङ गरे पनि २० रनको व्यक्तिगत स्कोरमा आउट भए।

आसिफ शेख, कप्तान अनिल साहले यसअघिका अन्य म्याचजस्तै प्रशंसकलाई निराश पारे। आसिफ शून्य रनमा आउट भए भने कप्तान अनिल १ रन बनाएर पबेलियन फर्किए।

बोल्ट्सको तर्फबाट वेनी पार्नेल र सञ्जय कृष्णामुर्तिबाहेक अन्य कुनै ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्। पार्नेलले ३८ बलमा ५० रन बनाए भने सञ्जले २० बलमा २५ रनको योगदान दिए।
पोखराका लागि विपिन खत्रीले ४, सुमति वर्माले २, कुशल भुर्तेल र जिमी निसमले १–१ विकेट लिए।

शुक्रबार पहिलो खेल काठमाडौँ गोर्खाज र चितवन राइनोज तथा दोस्रो खेल विराटनगर किंग्स र कर्णाली याक्सबीच हुनेछ।

प्रकाशित: ११ मंसिर २०८२ १९:२४ | Thursday, November 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast