प्रधानमन्त्री कार्कीको सचिवालयमा १४ जना हटाइए, अब ६ जना मात्रै

हिमाल प्रेस ११ मंसिर २०८२ ७:२५ | Thursday, November 27, 2025
12
SHARES
प्रधानमन्त्री कार्कीको सचिवालयमा १४ जना हटाइए, अब ६ जना मात्रै

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले सचिवालय संख्या कटौती गरेकी छिन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बुधबार प्रेस विज्ञप्ति जारी गरी २० सदस्यीय सचिवालयबाट १४ जनालाई हटाएको जनाएको हो। अब कार्कीको सचिवालय ६ सदस्यीय भएको छ।

अब प्रधानमन्त्री कार्कीको सचिवालयमा प्रमुख स्वकीय सचिव, मुख्य सल्लाहकार, जनसम्पर्क सल्लाहकार, प्रेस संयोजक, स्वकीय शाखा अधिकृत (फोटोग्राफर) र जनस्वास्थ्य विज्ञ मात्र रहने भएका हुन्।

विवादित प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठ कार्कीको सचिवालयमा कायम रहने भएका छन्। उनकी श्रीमती संगीता श्रेष्ठ भने हटाइएकी छिन्। जेनजी आन्दोलनको प्रतिनिधिका रूपमा सचिवालयमा परेकाहरूलाई समेत प्रधानमन्त्री कार्कीले हटाएकी छिन्।

प्रकाशित: ११ मंसिर २०८२ ७:२५ | Thursday, November 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast