वालनटमा दुई हजार रुपैयाँसम्मको खानेकुरा नि:शुल्क!

हिमाल प्रेस ८ मंसिर २०८२ १३:४४
वालनटमा दुई हजार रुपैयाँसम्मको खानेकुरा नि:शुल्क!

काठमाडौँ- वालनट बिस्ट्रो रेस्टुरेन्टमा खाजा वा खाना खाएर बिल धेरै उठेको छ? अबदेखि चिन्ता नगर्नुहोस् भाग्यमानी बन्न सक्नुभयो भने दुई हजार रुपैयाँसम्म छुट पाउनु हुनेछ।

दुई हजार मात्र बिल उठेको छ भने त सित्तैँमा खान पाइनेछ। तर कसरी? बिल तिर्न काउन्टरमा जाँदा लक्की नम्बर ६ निकाल्नुपर्नेछ। त्यसपछि दुई हजार रुपैयाँसम्म छुट पाइनेछ। पानीपोखरीस्थित वालनट बिस्ट्रो रेस्टुरेन्टले सेवाग्राहीलाई लक्षित गरेर नौलो र रमाइलो खेल खेलाउन थालेको हो।

खाना, खाजा तथा विभिन्न परिकारका खाना खाएको बिल तिर्न काउन्टरमा पुग्दा लक्की नम्बर छक्का निकालेमा दुई हजारसम्मको छुट पाइने रेस्टुरेन्टका निर्देशक आकाश पौडेलले जानकारी दिए।

‘यो अफर दिउँसो २ बजेदेखि ६ बजेसम्म लागू हुन्छ। सामान्यतया यसलाई शान्त समयको रूपमा लिइन्छ,’ उनले भने,’ त्यसैले बिस्ट्रोले यो अफर ल्याएको हो।’

यो अफर दुई हजारभन्दा कम बिल उठे पनि लागू हुने उनले जानकारी दिए। डाइस घोल्दा ६ नम्बर निस्केमा २ हजारभन्दा कमको बिल छ भने नि:शुल्क सेवा लिन पाइने उनको भनाइ छ।

बिल तिर्दा ग्राहकलाई सम्झनलायक बनाउन, फरक अनुभव दिलाउन तथा रमाइलो खेल बनाउने उद्देश्यले यो नयाँ ट्रेन्ड चलाएको पौडेलले बताए।

‘रोल, इट, रिपिट, लक इज जस्ट अ रोल अवे’ स्लोगनसहित बिस्ट्रोले यो नौलो अभियान सुरु गरेको उनले बताए। बिस्ट्रोले आफ्ना ग्राहकलाई जीवन्त बनाउन, रमाइलो र दोहोर्‍याएर आउन मन लागोस् भनेर यो व्यवस्था सुरुवात गरेको उनले बताए।

विशेष ह्यासट्याग प्रयोग गरेर बिस्ट्रोले ग्राहकहरूलाई आफ्नो अनुभव सामाजिक सञ्जालमा सेयर गर्न प्रोत्साहनसेत गरेको छ। कसैले डाइस रोल गरेर निःशुल्क भोजन जित्यो भने रोचक अनुभव बन्ने उनले सुनाए। जसले गर्दा सामाजिक सञ्जालमा अनलाइनमा राम्रो चर्चा बटुल्छ र नयाँ ग्राहकहरूलाई पनि आकर्षित गर्ने उनको विश्वास छ।

बिस्ट्रोले केही समयअघि ‘लिटल फ्री लाइब्रेरी’ अभियान पनि सुरु गरिसकेको छ।

प्रकाशित: ८ मंसिर २०८२ १३:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast