बालुवाटारको सर्वदलीय बैठकबाट ओली बाहिरिए, छलफल जारी

हिमाल प्रेस ३ माघ २०७९ १७:५७ | Tuesday, January 17, 2023
बालुवाटारको सर्वदलीय बैठकबाट ओली बाहिरिए, छलफल जारी

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई विश्वासको मत दिएका दलहरूबीच राखेको छलफल बालुवाटारमा जारी छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छलफलबाट भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बाहिरिएका छन्।

ओली बाहिरिए पनि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल बैठकमै छन्।

बैठकमा कांग्रेस, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, नागरिक उन्मुक्ति पार्टीका शीर्ष नेताहरु सहभागी छन्। आजको छलफल सभामुखको निर्वाचन केन्द्रित रहेको बताइएको छ। माघ ५ गते सभामुखको निर्वाचन हुँदैछ। ओली छलफलको बीचैमा किन निस्किए भन्नेबारे भने नेताहरूले केही बताएका छैनन्।

बालुवाटारमा सर्वदलीय बैठक सुरु

 

प्रकाशित: ३ माघ २०७९ १७:५७ | Tuesday, January 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast