कारले ठक्कर दिँदा महिलाको मृत्यु

हिमाल प्रेस ७ मंसिर २०८२ १७:१२ | Sunday, November 23, 2025
16
SHARES
कारले ठक्कर दिँदा महिलाको मृत्यु

जनकपुरधाम– धनुषाको मिथिला नगरपालिका–२ हजराचौक जनकपुर–ढल्केवर सडक खण्डमा  कारले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। श्रीमान र श्रीमती चढेको साइकललाई कारले ठक्कर दिएको हो।

बा प्र ०१– ०३१ च २०३६ नम्बरको कारले ठक्कर दिँदा मिथिला नगरपालिका १ लक्ष्मी निवासका अन्दाजी ४६ वर्षकी सुमिन्त्रा देवी महतोको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) रुगमबहादुर कुँवरले जानकारी दिए।

दुर्घटनामा महतोका श्रीमान ५० वर्षे राजकुमार घाइते भएको प्रहरीले जनाएको छ। ठक्कर दिने गाडी र चालक सर्लाही लालबन्दी–६ का  १८ वर्षे दिवस कार्कीलाई नियन्त्रणमा लिइ ढल्केवर इलाका प्रहरी कार्यालयमा राखिएको छ।

प्रकाशित: ७ मंसिर २०८२ १७:१२ | Sunday, November 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast