अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री कार्यालयसँग सर्वोच्चले माग्यो लिखित जवाफ

हिमाल प्रेस ७ मंसिर २०८२ १५:३५ | Sunday, November 23, 2025
12
SHARES
अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री कार्यालयसँग सर्वोच्चले माग्यो लिखित जवाफ सर्वोच्च अदालत। फाइल तस्बिर

काठमाडौँ- सर्वोच्च अदालतले प्रधानमन्त्री सुशीला कार्कीलाई अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ पेस गर्न आदेश दिएको छ। न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले यो आदेश दिएको हो।

‘निवेदकको मागबमोजिम किन आदेश किन जारी हुनु पर्ने हो’ १५ दिनभित्र लिखित जवाफ पेस गर्न सर्वोच्चले भनेको छ।

राजदूत फिर्ता बोलाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको आदेश पालना नगरेको भन्दै प्रधानमन्त्री कार्कीविरूद्ध अवहलेना मुद्दा दायर भएको थियो।

अधिववक्ता प्रेम सिलवालले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको हो।

वर्तमान सरकारले गत असोज ३० गते अघिल्लो सरकारको पालामा नियुक्त भएका ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।

सर्वोच्चका न्यायाधीशद्वय सारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले राजदूत फिर्ता बोलाउने निर्णय तत्काल कार्यान्वयन नगरी यथास्थितिमा राख्न गत कात्तिक १६ गते अन्तरिम आदेश दिएको थियो।

अदालतको आदेश आएकै भोलिपल्ट सरकारले राजदूत फिर्ता बोलाएर परराष्ट्र मन्त्रलायमा हाजिर हुन निर्देशन दिएको थियो।

प्रकाशित: ७ मंसिर २०८२ १५:३५ | Sunday, November 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast