काठमाडौँ- महालक्ष्मी विकास बैंक लिमिटेडले विभिन्न स्वास्थ्य संस्थासँग समन्वय गरेको छ।
आफ्ना ग्राहकलाई सहुलियतरूपमा सेवा प्रवाह गर्न बैंकले ललितपुरमा रहेको स्टार हस्पिटल लिमिटेड, नयाँ बानेश्वरमा रहेको अल्फा केयर प्रालिलगायतसँग सम्झौता गरेको हो।

सम्झौतापश्चात् महालक्ष्मी विकास बैंकका ग्राहकले उक्त संस्थाहरूका विभिन्न सेवामा छुट प्राप्त गर्नेछन्। स्टार हस्पिटल र अल्फा केयरले १५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ।
प्रकाशित: ३ माघ २०७९ १७:०८ | Tuesday, January 17, 2023
प्रतिक्रिया



