राहदानी वितरणमा हट्यो कोटा

हिमाल प्रेस ५ मंसिर २०८२ १९:५०
20
SHARES
राहदानी वितरणमा हट्यो कोटा

काठमाडौँ- राहदानी विभागले साविककै फ्रान्सेली कम्पनी ‘ईन स्मार्ट आइडेन्टिटी फ्रान्स एसएस (पुरानो आईडेमिया)’ सँग नयाँ सम्झौता गरी सात लाख राहदानी खरिद गर्ने भएको छ। मन्त्रिपरिषद्ले शुक्रबार गरेको निर्णयपछि विभागले यो सम्झौता गरेको हो।

सम्झौताअनुसार आगामी तीन हप्ताभित्रै पहिलो किस्ताको राहदानी नेपाल आइपुग्ने र क्रमशः आपूर्ति सञ्चालन हुनेछ।

राहदानी अभाव हट्ने भएपछि विभागले केही समयदेखि राहदानी वितरणमा गर्दै आएको कटौतीलाई पूर्णरूपमा हटाएको छ। राहदानी पुस्तिकाको अभाव भएपछि विभागले केही दिनयता दैनिक एक हजार कोटा निर्धारण गरेको थियो।

अबदेखि सेवाग्रहीको मागअनुसार दैनिक ‘स्लट’ बढाउँदै लगिने विभागले जनाएको छ। अनलाईन आवेदन (राहदानी विभागबाट) दैनिक एक हजारको सीमित स्लटलाई विभागको क्षमताअनुसार क्रमशः वृद्धि गरिने विभागको भनाइ छ।

त्यस्तै जनशक्तिलाई अतिरिक्त समय खटाएर छिटोभन्दा छिटो राहदानी उपलब्ध गराउनुका साथै विदेशस्थित नेपाली नियोगबाट आवेदन दिनेहरू साविककै झैँ १–२ हप्ताभित्र राहदानी छपाई गरी पठाइने विभागले जनाएको छ।

जिल्ला/इलाका प्रशासन कार्यालयबाट कात्तिक १५ गतेसम्म आवेदन दिएकाहरूको राहदानी दुई हप्ताभित्र जारी हुने विभागले उल्लेख गरेको छ। त्यस्पछि आवेदन दिएकाहरूको साविककै क्रमअनुसार पठाइनेछ।

विभागले राहदानी सेवा क्रमशः पूर्ण रुपमा सहज हुँदै जाने विभागले जनाएको छ।

प्रकाशित: ५ मंसिर २०८२ १९:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast