ट्‍वीटरमा ट्रेन्ड ब्राड पिट

हिमाल प्रेस ३ माघ २०७९ १५:५० | Tuesday, January 17, 2023
ट्‍वीटरमा ट्रेन्ड ब्राड पिट

काठमाडौँ- हलिउड अभिनेता ब्राड पिट ट्‍वीटरमा ट्रेन्ड भइरहेका छन्। तर उनी राम्रो कामका लागि ट्‍वीटरमा ट्रेन्ड भएका होइनन्।

हलिउड अभिनेत्री तथा उनकी पूर्वपत्नी एन्जलिना जोलीका प्रशंसकका कारण उनी ट्‍वीटरमा ट्रेन्ड भएका हुन्।  एन्जलिनाका प्रशंसकले ट्‍वीटरमा ब्राडको खेदो खनिरहेका छन्।

ट्‍वीटरमा ‘ह्यास्ट्याग ब्राड पिट इज एन अब्युजर’ ट्रेन्ड भइरहेको छ। ब्राड केही दिनअघि सम्पन्न ‘गोल्डन ग्लोब अवार्ड’मा सहभागी भएका थिए। विभिन्न सञ्चारमाध्यमले उनलाई प्राथमिकता दिँदै समाचार बनाए।

सो कुरा एन्जलिनाका प्रशंसकलाई मन परेन। त्यहीँबाट उनीहरू ब्राडमाथि खनिन थालेका हुन्।

एकताका हलिउडमा प्रसिद्ध जोडीका रूपमा रहेका ब्राड र एन्जलिनाको सम्बन्ध विच्छेद भइसकेको छ। एन्जलिनाले ब्राडले आफूमाथि मानसिक र शारीरिक हिंसा गरेको आरोप लगाएकी थिइन्।

त्यसैले गोल्डन ग्लोब अवार्डमा ब्राडका प्रशंसा हुँदा एन्जलिनाका प्रशंसकलाई सो कुरा मन परेन। उनीहरूले ब्राडलाई ‘दुर्व्यवहार गर्ने मान्छे’ भनेर गाली गरिरहेका छन्।

सामाजिक सञ्जालमा उनको खोइरो खनिरहेका छन्। त्यसैले ब्राड ट्‍वीटरमा ट्रेन्ड भएका हुन्।

यस वर्ष गोल्डन ग्लोब अवार्डमा एन्जलिना भने सहभागी भइनन्। उनी आफ्ना छोराछोरीसँग समय बिताइरहेकी छन्।

प्रकाशित: ३ माघ २०७९ १५:५० | Tuesday, January 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast