निधिको प्रस्ताव : चुनावपछि महाधिवेशन गरौँ

हिमाल प्रेस ४ मंसिर २०८२ १५:२९ | Thursday, November 20, 2025
10
SHARES
निधिको प्रस्ताव : चुनावपछि महाधिवेशन गरौँ का‌ग्रेस नेता विमलेन्द्र निधि/फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले पार्टीले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई प्रथामिकता दिनुपर्ने बताएका छन्।

नेपाल महिला संघले बिहीबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

चुनाव घोषणा भइसकेकोले पार्टीको १५ औँ महाधिवेशन तत्काल गर्न नहुने उनको भनाइ छ। अहिलेको प्राथमिकता प्रतिनिधिसभा भएको भन्दै उनले निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने जिकिर गरे।

निधिले आगामी वैशाखमा पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने उल्लेख गर्दै सोहीअनुसार तयारी गर्नुपर्ने बताए।

पछिल्लो समय कांग्रेसभित्र महाधिवेशनको मिति तोक्ने सन्दर्भमा विवाद उत्कर्षमा पुगेको छ। महाधिवेशनको कार्यतालिकमा सहमति जुट्न नसक्दा केन्द्रीय कार्यसमितिको बैठक पटक–पटक स्थगित हुँदै आएको छ।

प्रकाशित: ४ मंसिर २०८२ १५:२९ | Thursday, November 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast