काठमाडौँ- मुक्तिनाथ विकास बैंक लि.ले नेपाल प्रहरी वृत्त महाराजगन्जलाई दुई थान मोटरसाइकल हस्तान्तरण गरेको छ। मंगलबार एक कार्यक्रमबीच बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समीर शेखर बर्जाचार्यले नेपाल प्रहरी वृत्त महाराजगन्जका कार्यालय प्रमुख निरंजन थापालाई दुई थान मोटरसाइकल हस्तान्तरण गरेका हुन्।
यो सहयोगबाट बैंकले प्रहरीमार्फत समाजमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन, संवेदनशील स्थानहरूको निगरानी गरी समयमै सूचना संकलन गर्ने र देशमा सुशासन कायम राख्ने कार्यमा विशेष योगदान पुर्याउनने अपेक्षा लिएको छ।
सुरक्षित समाज निर्माण साझा दायित्व भएको बताउँदै बैंकले सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै प्रहरी अग्रपंक्तिमा रहेर नागरिक सुरक्षामा खटिने संस्थान भएकाले यस सहयोगबाट कार्यसम्पादनलाई केही सहज बनाउन सहयोग पुग्ने विश्वास लिएको छ।


