मधेशका पदमुक्त सभामुखले पद पुनर्स्थापनाका लागि कानुनी बाटो नखोज्ने

हिमाल प्रेस ४ मंसिर २०८२ १०:२९ | Thursday, November 20, 2025
16
SHARES
मधेशका पदमुक्त सभामुखले पद पुनर्स्थापनाका लागि कानुनी बाटो नखोज्ने

काठमाडौँ- गत बुधबार मधेश प्रदेशको सभामुख पदबाट मुक्त भएका रामचन्द्र मण्डलले आफूले पद पाउनका लागि कानुनी उपचार नखोज्ने भएका छन्।

उनले सभामुख नियुक्ति तथा पदमुक्त विशुद्ध गणितीय खेल भएको भन्दै गणितसँग आचरण दाज्नु पाखण्डीपना हो भनेका छन्।

उनले बिहीबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘नियमावली विपरित दर्ता र पास हुनु कानुनी राज्यको उपहास हो, तथापी पनि म कानुनी उपचार खोज्ने पक्षमा छैन।’

पदअनुकूल आचरण नगरेको भन्दै उनीविरुद्ध गएको कात्तिक २७ गते प्रदेशसभा सचिवालयलमा एमाले बाहेकका विपक्षी दलले महाअभियोग प्रस्ताव दर्ता गरेका थिए। सो प्रस्ताव बुधबार प्रदेश सभामा निर्णयार्थ पेस हुँदा प्रस्तावको पक्षमा ७६ मत खसेको थियो।

यो मत प्रस्ताव पारित हुन चाहिने २ तिहाइ भन्दा बढी हो। दुई तिहाइका लागि ७२ मत भए पुग्छ। मधेस प्रदेश सभा १०७ सदस्यीय छ।

प्रकाशित: ४ मंसिर २०८२ १०:२९ | Thursday, November 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast