दृश्य–अदृश्य शक्तिले सरकार-दलहरूबीच मुठभेड होस भन्ने चाहेका छन् : रामकुमारी झाँक्री

हिमाल प्रेस ४ मंसिर २०८२ १०:१८ | Thursday, November 20, 2025
4
SHARES
दृश्य–अदृश्य शक्तिले सरकार-दलहरूबीच मुठभेड होस भन्ने चाहेका छन् : रामकुमारी झाँक्री नेकपा एमाले नेतृ रामकुमारी झाँक्री।

काठमाडौँ- नेकपा एमाले नेतृ रामकुमारी झाँक्रीले दृश्य–अदृश्य शक्तिहरूले सरकार र दलहरूबीच मुठभेड होस भन्ने चाहेको बताएकी छिन् । बुधबार सिमरामा भएको जेनजी प्रदर्शनलाई लक्षित गर्दै उनले यस्तो प्रतिक्रिया दिएकी हुन्।

सामाजिक सञ्जालमार्फत उनले भनेकी छिन्, ‘हिजो सिमरामा जे घटना भयो, अत्यन्तै दुःखद घटना भयो। अझै दृश्य वा अदृश्य पक्षहरूले सरकार र दलहरूबीच मुठभेड होस भन्ने चाहन्छन। कुनै न कुनै बहानामा संविधान फ्याँक्न चाहन्छन्।’

हजारौँ नागरिक र अग्रजहरूको बलिदानबाट आएको यो व्यवस्था र संविधान रक्षा गर्नुपर्ने उनको भनाइ छ । उनी भन्छिन, ‘नेपालको कुनै पनि भूभागमा निर्बाध आवतजावत गर्ने पाउने,विचारको छनौट गर्न पाउने, आफूलाई मन पर्ने विचार वा दलमा संगठित हुन पाउने, शान्तिपूर्ण रूपमा भेला, सभा सम्मेलन गर्न पाउने, संविधान प्रदत्त हकहरू हुन। यी हकहरू यही संविधानमा मौलिक हकको रूपमा ग्यारेन्टी गरिएको छ। यसलाई अक्षुण्ण राख्नु सरकारको कर्तव्य हो।’

‘शान्ति सुव्यवस्था कायम गर्नु, जनता र सार्वजनिक, निजी सम्पत्तिको सुरक्षाको पूर्ण प्रत्याभूति दिन, शान्ति सुरक्षाको व्यवस्था गर्नु सरकारको पहिलो जिम्मेवारी भएको उनले स्मरण गराएकी छिन्। हिजो जे भयो के ठिक भयो त? यसरी नै हो नागरिक हकहरू खुम्चिँदै जाने। सरकार अब बदलाबाट होइन संवादबाट अगाडी बढोस्। सबै देशभक्त नेपालीहरू फेरी एक पटक जुटौँ। यहाँ सवाल देशको छ, राष्ट्रको छ, देशको सार्वभौमसत्ताको’, उनले भनेकी छिन् ।

प्रकाशित: ४ मंसिर २०८२ १०:१८ | Thursday, November 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast