मतदाता सूचीमा नाम नछुटाउन पुनको अपिल

हिमाल प्रेस ३ मंसिर २०८२ १६:४८ | Wednesday, November 19, 2025
12
SHARES
मतदाता सूचीमा नाम नछुटाउन पुनको अपिल

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आगामी फागुन २१ मा हुने आम चुनावलाई लक्षित गर्दै मतदाता नामावली दर्तामा सक्रिय हुन युवालाई आग्रह गरेका छन्।

उनले बुधबार सामाजिक सञ्जालमार्फत विशेषगरी जेनजी युवा र राजनीतिक रूपमा जागरूक नागरिकलाई मतदाता सूचीमा नाम नछुटाउन अपिल गरेका हुन्।

पुनले दर्ताको समय अब दुई दिन मात्र बाँकी रहेको उल्लेख गर्दै देशलाई सही दिशामा डोर्‍याउन युवाको निर्णय निर्णायक हुने बताए। ‘देशलाई समृद्ध बनाउने युवा नेतृत्वलाई अवसर दिने कि पुरानै नेताहरूलाई फेरि ल्याएर देशलाई टाट पल्ट्याउने यो जिम्मेवारी जनताकै हातमा रहेको छ,’ मन्त्री पुनले भने।

प्रकाशित: ३ मंसिर २०८२ १६:४८ | Wednesday, November 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast