करको दर हेरफेर गर्ने सरकारको योजना छैन : अर्थमन्त्री

हिमाल प्रेस ३ मंसिर २०८२ १५:१७ | Wednesday, November 19, 2025
12
SHARES
करको दर हेरफेर गर्ने सरकारको योजना छैन : अर्थमन्त्री अर्थमन्त्री रामेश्वरप्रसाद खनाल/फाइल तस्बिर

काठमाडौँ- अर्थमन्त्री रामेश्वरप्रसाद खनालले मुलुकको कर प्रशासनलाई व्यापक सुधार गर्ने दिशामा सरकार अघि बढेको जानकारी दिएका छन्।

नेपाल उद्योग परिसंघले बुधबार काठमाडौँमा आयोजना गरेको आर्थिक रुपान्तरणको मार्गचित्र कार्यक्रममा अर्थमन्त्री खनालले कर प्रशासन प्रविधिमैत्री बनाउँदै एउटै विन्दुबाट सबै प्रकारको कर भुक्तानी गर्ने पद्धतिको प्रारम्भ गर्ने, चुक्ता प्रमाणपत्रका आधारमा व्यवसाय नवीकरण गर्ने, राष्ट्रिय परिचयपत्रबाट प्यान नम्बर लिन सकिने व्यवस्था गरिएको जानकारी दिए।

उनले उच्चस्तरीय आर्थिक सुधार आयोगको सुझावलाई प्रभावकारी रुपमा क्रमशः कार्यान्वयन गर्दै लैजाने उल्लेख गरे। अर्थमन्त्री खनालले सरकारलाई निर्वाचनको म्याण्डेड रहेकाले करका दर हेरफेरतर्फ गर्ने कुनै तयारी नभएको बताए। अब आउने निर्वाचित सरकारले नै करका दर पुनरावलोकन गरोस् भन्ने अर्थ मन्त्रालयको चाहना रहेको उनको भनाइ छ। उनले निर्वाचन आचारसंहिता जारी भएपछि कुनै पनि नीति वा प्रशासनीक निर्णय गर्न नसक्ने स्पष्ट पारे।

खनालले अबको केहीदिनमा प्रत्यक्ष अनुभूत हुने गरी आर्थिक क्षेत्रमा सुधार गर्ने आफ्नो प्रयास रहेको बताए।

कार्यक्रममा नेपाल उद्योग परिसंघले कर प्रणाली सुधारका लागि आर्थिक सुधार कार्यान्वयन कार्ययोजनाले दिएको सुझावलाई कार्यान्वयन गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थियो।

प्रकाशित: ३ मंसिर २०८२ १५:१७ | Wednesday, November 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast