प्रधानमन्त्री सुशीला कार्की। तस्बिर : रासस
काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले आज नागरिक समाजका अगुवा प्रतिनिधिहरूसँग अन्तरक्रिया गर्ने भएकी छन्। दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्रीले नागरिक समाजका अगुवासँग आगामी निर्वाचनबारे छलफल गर्न लागेकी हुन्।
यसअघि विभिन्न राजनीतिक दलका नेता, प्रदेश तथा स्थानीय तहका प्रमुख र जनेजी अगुवालगायतसँग छलफल गरेकी कार्कीले केही राजनीतिक दलले अझै पनि चुनावमा जान अनकनाइरहेको अवस्थामा नागरिक अगुवाहरूसँग छलफल गर्न लागेको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जनाएका छन्।
आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ। उक्त निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरिसकेको छ।
प्रकाशित: १ मंसिर २०८२ १२:५० | Monday, November 17, 2025
प्रतिक्रिया




