निर्वाचन कार्यक्रम सार्वजनिक, माघ ६ गते उम्मेदवारको मनोनयन दर्ता

हिमाल प्रेस ३० कार्तिक २०८२ २०:४७ | Sunday, November 16, 2025
16
SHARES
निर्वाचन कार्यक्रम सार्वजनिक, माघ ६ गते उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ- निर्वाचन आयोगले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यक्रम सार्वजनिक गरेको छ। आयोगको आज (आइतबार) बसेको बैठकको निर्णयअनुसार निर्वाचन कार्यक्रम तालिका सार्वजनिक गरेको हो।

निर्वाचन कार्यक्रम अनुसार माघ ६ गते बिहान १० देखि बेलकी ५ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता हुनेछ । सोही दिन बेलुका ५ बजेदेखि ७ बजेसम्ममा उम्मेवारको सूची प्रकाशन गरिनेछ।

भोलिपल्ट माघ ७ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने कार्यक्रम राखिएको छ। सोही दिन दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयन पत्र र उजुरीको जाँचबुझ एवं निर्णय गरी साँझ ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने तालिका छ।

उम्मेदवारको नाम फिर्ता लिने समय माघ ९ गते बिहान १० देखि दिउँसो १ बजेसम्मका लागि तोकिएको छ। सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। आयोगका अनुसार सोही दिन नै उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ।

समानुपातिक निर्वाचन कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुनेछ। मंसिर २१ गते समानुपातिक निर्वाचनमा भाग लिन चाहने दलहरुले निवेदन पेस गर्ने, २४ गते दलहरुको नामावली प्रकाशन गरिने, पुस १३ र १४ गते दलहरुले उम्मेदवारको बन्द सूची पेस गर्ने कार्यतालिका छ।

त्यस्तै माघ २० गते उम्मदोवरको बन्दसूची अन्तिम रुपमा प्रकाशन गरिने आयोगले जनाएको छ। निर्वाचन कार्यक्रमअनुसार फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ।

प्रकाशित: ३० कार्तिक २०८२ २०:४७ | Sunday, November 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast