इन्दिरा रानामगर। फाइल तस्बिर।
काठमाडौँ- उपसभामुख इन्दिरा रानामगरको फेसबुक पेज पुन: ह्याक भएको छ। उनको इन्दिरा राना मगर अफिसियल भन्ने पेज ह्याक भएको हो।
एक वर्षअघि पनि उनको यो पेज ह्याक भएको थियो। उनले एउटा सूचना जारी गर्दै यसबाट पोस्ट भएका फोटो, पोस्टलगायत अन्य कुनै पनि गतिविधि आफू र आफ्नो टिमबाट नभएको जानकारी गराएकी छन्।
यस विषयमा उनले फेसबुकको मातृ कम्पनी मेटालाई पनि जानकारी गराएको बताएकी छन्। अहिले ह्याक भएको फेसबुक पेज बन्द भएको छ। उनको सचिवालयका अनुसार पेज रिकभर हुने क्रम जारी छ।

प्रकाशित: ३० कार्तिक २०८२ १८:५५ | Sunday, November 16, 2025
प्रतिक्रिया




