काठमाडौँमा बढ्यो चिसो, कति छ तापक्रम?

हिमाल प्रेस २९ कार्तिक २०८२ ७:२१ | Saturday, November 15, 2025
8
SHARES
काठमाडौँमा बढ्यो चिसो, कति छ तापक्रम? फाइल तस्बिर- रासस

काठमाडौँ- काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज (शनिबार) १० डिग्री सेल्सियसबाट तल झरेको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार आज बिहान ५;४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ९.६ डिग्री सेल्सियसमा झरेको हो।

त्यसो त आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे मापन गरिन्छ। त्यतिबेलासम्म यो तापक्रम थप घट्न सक्छ अथवा यही कायम रहन पनि सक्छ।

मौसमविद्का अनुसार राति आकाशमा बादल लागेका बेला न्यूनतम तापक्रम केही बढ्छ भने आकाश सफा भएका बेला घट्छ।

 

प्रकाशित: २९ कार्तिक २०८२ ७:२१ | Saturday, November 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast