मतदाता नामावलीको म्याद थपियो

हिमाल प्रेस २८ कार्तिक २०८२ १९:५९ | Friday, November 14, 2025
26
SHARES
मतदाता नामावलीको म्याद थपियो

काठमाडौँ- मतदाता नामावलीको म्याद मंसिर ५ गतेसम्मका लागि थपिएको छ।

मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक कार्यमा देखिएको उत्साहजनक सहभागितालाई मध्यनजर गर्दै अवधि थप गरिएको निर्वाचन आयोगले जनाएको छ।

आज (शुक्रबार) प्रधानमन्त्री सुशीला कार्कीले पनि म्याद थपका लागि आयोगलाई अनुरोध गरेकी थिइन्।

आयोगका अनुसार कात्तिक २७ गतेसम्म २ लाख ५७ हजार ५०५ नयाँ मतदाताले नाम दर्ता गराएका छन्।

थप गरिएको अवधिमा मतदाता नामावलीमा नाम दर्ता गराउन राष्ट्रिय परिचय पत्र प्रयोग गरेर वा साविकमा प्रयोगमा रहेको प्रि रजिस्ट्रेसन सिस्टममार्फत आवेदन गर्न सकिने आयोगले जनाएको छ।

प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गतेका लागि तोकिएको छ।

प्रकाशित: २८ कार्तिक २०८२ १९:५९ | Friday, November 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast