प्रधानमन्त्रीद्वारा मतदाता नामावलीको म्याद थप गर्न आग्रह

हिमाल प्रेस २८ कार्तिक २०८२ १७:५३ | Friday, November 14, 2025
20
SHARES
प्रधानमन्त्रीद्वारा मतदाता नामावलीको म्याद थप गर्न आग्रह प्रधानमन्त्री सुशीला कार्की।

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राखी म्याद थपका लागि आग्रह गरेकी छन्।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग शुक्रबार भएको टेलिफोन कुराकानीमा म्याद थपका लागि आग्रह गरेकी प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए।

यसबारे आयोग सकारात्मक रहेको र ५ दिन म्याद थप्न सकिने जानकारी भण्डारीले प्रधानमन्त्रीलाई दिएका छन्।

राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने भएपछि बिहीबारदेखि अनलाइनबाट नाम दर्ता गराउनेको उच्च चाप देखिएको छ।

यसैबीच प्रधानमन्त्री कार्कीले इन्टरनेट सर्भरमा देखिएको समस्याका विषयमा पनि चासो व्यक्त गरेकी छन्।

प्रकाशित: २८ कार्तिक २०८२ १७:५३ | Friday, November 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast