दक्षिण कोरिया जहाँ कलेजको प्रवेश परीक्षाका दिन हवाई उडान बन्द गरिन्छ

हिमाल प्रेस २८ कार्तिक २०८२ १३:२१
24
SHARES
दक्षिण कोरिया जहाँ कलेजको प्रवेश परीक्षाका दिन हवाई उडान बन्द गरिन्छ सियोलस्थित गिम्पो विमानस्थलमा बिहीबार रोकिएका विमान। कलेज प्रवेश परीक्षा दिने विद्यार्थीलाई अवरोध नहोस् भनेर दक्षिण कोरियाली सरकारले हवाई उडान बन्द गरेको हो। तस्बिर : एएफपी/रासस

सियोल- हवाई उडानहरू अस्थायी रूपमा रोकिए, सेयर बजार एक घण्टा ढिलो गरी खुल्यो र अभिभावकहरू प्रार्थनाका सामग्री गुम्बा र चर्चमा भेला भए। किशोर उमेर समूहका विद्यार्थी कलेजको प्रवेश परीक्षामा सहभागी भइरहँदा बिहीबार दक्षिण कोरियामा यस्ता गतिविधि भएका हुन्।

कोरियाली भाषामा ‘सुनुङ’ भनेर चिनिने कलेज प्रवेश परीक्षा प्रतिष्ठित विश्वविद्यालयहरूमा भर्नाका लागि अत्यावश्यक मानिन्छ। कोरियामा प्रतिष्ठित विश्वविद्यालयमा भर्ना पाउनु भनेको सामाजिक उन्नति, आर्थिक सुरक्षा र राम्रो वैवाहिक सम्बन्धका लागि महत्त्वपूर्ण ‘ढोका’ खुल्नु हो। त्यसद्ये धरैजसो किशोरले प्रवेश परीक्षाका दिनलाई अति महत्त्व दिन्छन्। परीक्षाको तयारीमा रहेका विद्यार्थीले अभिभावकलाई बिदाइ दिएको हेर्दा दक्षिण कोरियाली सरकार कुनै जोखिम लिन चाहँदैन।

परीक्षाका समयमा आपत्कालीन अवस्थामा बाहेक ३५ मिनेटका लागि देशभर उडान प्रतिबन्ध लगाइएको थियो। त्यस्तै सडकमाझ भीडभाड हुन नदिन बैंक र सरकारी कार्यालयहरूले पनि आफ्ना कर्मचारीलाई एक घण्टा ढिलो गरी काम सुरु गर्न निर्देशन दिएका थिए।

‘म निकै तनावग्रस्त छु तर मैले धेरै तयारी गरेको छु, त्यसैले आफ्नोतर्फबाट सकेसम्म राम्रो गर्नेछु’, १८ वर्षीय किम मिन-जेले बिहीबार (नोभेम्बर १३) बिहान सियोलको परीक्षा केन्द्रमा प्रवेश गर्दै एएफपीसँग भने।

उनले घरबाट निस्कँदा आफूभन्दा अभिभावकहरू अझ बढी तनावमा भएको बताए। ‘उहाँहरूले मैले परीक्षाका लागि चाहिने सबै सामान लैजान भुलेँ कि भनेर बारम्बार पक्का गर्न खोज्नुभयो’, किमले मुस्कानसहित भने।

आफ्ना सन्तानको परीक्षा सफल होस् भनेर सियोलस्थित एक बौद्ध मन्दिरमा प्रार्थना गरिररहेका कोरियाली अभिभावक। तस्बिर : एएफपी/रासस

कोरियाको भौतिक मन्त्रालयका अनुसार कुल १४० वटा उडान (७५ अन्तर्राष्ट्रिय उडान) परीक्षा भएकै कारण दिउँसो १:०५ देखि १:४० बजेसम्म पुन: तालिकाबद्ध गरिएको थियो।
ढिलाइ भएका विद्यार्थीलाई प्रहरीले दौडाउँदै परीक्षा केन्द्र पुर्‍याइदिने दृश्य बर्सेनि सामान्य हो।

सियोलको योङ्सान हाई स्कुलमा बिहीबार बिहानैदेखि पत्रकारहरूको भीड तथा ट्राफिक प्रहरी देखिन्थे। योङ्सान विद्यालयको गेटमा आगामी वर्षमा यही महत्वपूर्ण परीक्षा दिनुपर्ने कनिष्ठ विद्यार्थीले ‘सुनुङमा १०० स्कोर गर!’ जस्ता नारासहित परीक्षार्थीलाई हौसला दिइरहेका थिए।

‘म यहाँ मेरा उच्च कक्षाका दाजु–दिदीलाई समर्थन गर्न आएको हुँ। यहाँ ऊर्जायुक्त वातावरण देखेर मलाई पनि अर्को दुई वर्ष अझ कडा मेहनत गरेर सुनुङका लागि तयारी गर्न प्रेरणा मिलेको छ’, १६ वर्षीय काङ डोङ-वूले भने।

दक्षिण कोरियामा कलेज प्रवेश परीक्षासँग धेरै लोकविश्वास जोडिएका छन्। त्यसमध्ये एउटा प्रचलित मान्यता समुद्र शाकको झोल खानु हुँदैन भन्ने मान्यता छ। यसको चिप्लो बनावटका कारण विद्यार्थीहरू परीक्षामा ‘चिप्लिन्छन्’ भन्ने विश्वास छ। यही विश्वासले वर्षौँदेखि परीक्षाका दिन भोजनलाई समेत प्रभावित गरेको छ।

आफ्ना छोराछोरीलाई परीक्षा केन्द्रमा छोडेपछि अभिभावकहरू राम्रो नतिजाको कामना गर्न चर्च वा बौद्ध मन्दिर पुगेका थिए। तिनैमध्येकी एक हुन् ५० वर्षीया हान युना। ‘म परीक्षाको समयमा घर नजिकैको एक बौद्ध मन्दिरमा अन्य आमासँगै प्रार्थना गर्न जाँदैछु,’ उनले भनिन्।

निजी ट्युसन केन्द्र सञ्चालन गर्ने हानले आफ्नो प्रार्थना तालिका पनि छोराको परीक्षा तालिकासँगै मिलाइने बताइन्। ‘छोराले जति बेला ब्रेक लिन्छ, म पनि त्यतिबेला ब्रेक लिन्छु; ऊ खाने समयमै म पनि खाना खान्छु,’ उनले भनिन्।

परीक्षाका लागि ५ लाख ५० हजारभन्दा बढी विद्यार्थीले फाराम भरेका थिए। यद्यपि उपस्थित हुने संख्या सामान्यतया केही कम हुन्छ। –एएफपी

प्रकाशित: २८ कार्तिक २०८२ १३:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast