हङकङ हुँदै यात्रा गर्ने नेपालीलाई अब ट्रान्जिट भिसा नचाहिने

हिमाल प्रेस २८ कार्तिक २०८२ १३:१४ | Friday, November 14, 2025
16
SHARES
हङकङ हुँदै यात्रा गर्ने नेपालीलाई अब ट्रान्जिट भिसा नचाहिने

काठमाडौँ- नेपाली यात्रुका लागि हङकङ ट्रान्जिट भिसा अनिवार्यताको व्यवस्था शनिबार (नोभेम्बर १५) देखि खारेज हुने भएको छ।

नेपाली महावाणिज्य दूतावास, हङकङले जारी गरेको प्रेस विज्ञप्तिमा निरन्तर कूटनीतिक पहल र औपचारिक अनुरोधका आधारमा हङकङ सरकारले नेपाली राहदानीधारीलाई ट्रान्जिट क्षेत्रभित्र बस्ने शर्तमा भिसा आवश्यक नपर्ने व्यवस्था गरेको जनाएको छ।

नेपाली नागरिकलाई सन् २००५ जुनदेखि हङकङ अन्तर्राष्ट्रिय विमानस्थल हुँदै यात्रा गर्दा अनिवार्य ट्रान्जिट भिसा लिनुपर्ने नियम लागू गरिएको थियो।

विश्वका अत्यन्त व्यस्त विमानस्थलमध्ये एक मानिने हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रान्जिट भिसा अनिवार्यताका कारण नेपाली यात्रुले लामो समयदेखि झन्झट र असुविधा भोग्दै आएका थिए।

नयाँ निर्णयसँगै नेपालबाट अन्य देश तथा अन्य देशबाट नेपाल यात्रामा हङकङ ट्रान्जिट हुने नेपाली यात्रुलाई अब सहज र झन्झटमुक्त यात्रा हुने विश्वास व्यक्त गरिएको छ।

दूतावासले ट्रान्जिट भिसा खारेजीले नेपाली यात्रुलाई हङकङमार्ग हुँदै यात्रा गर्न थप प्रोत्साहन मिलने र यस कदमले नेपाल-हङकङबीचको द्विपक्षीय सम्बन्ध सुदृढ हुने उल्लेख गरेको छ।

प्रकाशित: २८ कार्तिक २०८२ १३:१४ | Friday, November 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast