ताकुकोट न्वागी मेला कात्तिक ३० देखि

हिमाल प्रेस २८ कार्तिक २०८२ १०:२८
16
SHARES
ताकुकोट न्वागी मेला कात्तिक ३० देखि

गोरखा- बारपाक सुलीकोट गाउँपालिका-६ स्थित माईभगवती मन्दिर परिसरमा ‘ताकुकोट न्वागी मेला-२०८२’ कात्तिक ३० गतेदेखि सुरु हुने भएको छ। ‘कृषि, पर्यटन र संस्कृति : समृद्ध ताकुकोटका आधार’ नारासहित दुई दिनसम्म चल्ने मेलामा कृषि प्रवर्द्धन, स्थानीय संस्कृति संरक्षण र पर्यटन विकासलाई प्राथमिकता दिइने आयोजकले बताएका छन्।

गोरखा-ताकुकोट सेवा समाजका अध्यक्ष अनुप श्रेष्ठका अनुसार मेलामा हास्य कलाकार मरिचमान (बल्छी ध्रुवे), लोकदोहोरी गायिका अस्मिता ढल्लाकोटी, गायक सागर गुरुङ, संजय गुरुङ, पवन गुरुङ, गायिका पवित्रा आले र मोडल सुमित्रा गुरुङको प्रस्तुति रहनेछ।

स्थानीय कलाकारहरूले मारुनी, चुट्का, झ्याउरे, पञ्चेबाजा आदिका सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछन्। माईभगवती मन्दिरमा पूजा, व्रत, माधी बाल्ने र न्वागी प्रसाद ग्रहण जस्ता धार्मिक गतिविधि मेलाको मुख्य आकर्षण हुने समाजले जनाएको छ।

यस वर्षको मेला श्री माईभगवती मन्दिर संरक्षण तथा सम्बर्द्धन समितिको आयोजनामा विभिन्न स्थानीय संघसंस्थाको सहकार्यमा सञ्चालन हुनेछ। हजारौँ दर्शकको सहभागिता रहने अपेक्षा गरिएको छ।

प्रकाशित: २८ कार्तिक २०८२ १०:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast