रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश

हिमाल प्रेस २७ कार्तिक २०८२ १७:४३
14
SHARES
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश

काठमाडौँ- सहकारी ठगी र संगठित अपराध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा मिसिल झिकाउने आदेश भएको छ। आज (बिहीबार) उच्च अदालत तुलसीपुर बुटवल इजलासमा न्यायाधीशद्वय ओमप्रकाश अर्याल र बासुदेव आचार्यको संयुक्त इजलासले मिसिल झिकाउन आदेश दिएको हो।

गत साता उच्च अदालतले लामिछानेको मूल मुद्दाको प्रतिलिपि झिकाउन आदेश दिएको थियो। उक्त प्रतिलिपि प्राप्त भएपछि आजका लागि पेसी तोकिएको थियो।

पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले आफ्नो भागको बिगो रकम दाखिला गरी थुनामुक्त गर्न माग गरेका थिए। तर, जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाले गत साउन २६ गतेको सुनुवाइमा उनको रिहा माग अस्वीकार गरेका थिए।

सो आदेशविरुद्ध लामिछानेले भदौ ९ गते उच्च अदालतमा पुनरावेदन गरेका थिए। त्यसबारे गत साता सुनुवाइ गर्दै उच्च अदालतले जिल्ला अदालतबाट मुद्दाको प्रतिलिपि माग गरेको थियो।

बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछाने सहितका प्रतिवादीविरुद्ध १० करोड ९९ लाख ३६ हजार रुपैयाँको सामूहिक बिगो कायम गरी मुद्दा दर्ता गरिएको छ।

लामिछानेले आफ्नो हिस्साको दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानतका रूपमा दाखिला गरेर रिहा गर्न माग गर्दै अदालतमा निवेदन दिएका छन्।

प्रकाशित: २७ कार्तिक २०८२ १७:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast