जेनजी घाइतेले भेटे गृहमन्त्री र आईजीपी

हिमाल प्रेस २७ कार्तिक २०८२ १६:५२ | Thursday, November 13, 2025
14
SHARES
जेनजी घाइतेले भेटे गृहमन्त्री र आईजीपी

काठमाडौँ- गृहमन्त्री ओमप्रकाश अर्याल र नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जेनजी आन्दोलनका घाइते अभिषेक श्रेष्ठ र उनका प्रतिनिधिसँग भेट गरेका छन्।

गृह मन्त्रालयमा आज भएको भेटमा घाइते दुई जना र जेनजीका प्रतिनिधिहरू सहभागी थिए। उनीहरूले प्रहरी प्रमुख र सरकारसँग उचित उपचारको व्यवस्था मिलाउन र जेनजीका न्यायोचित मागहरू सम्बोधन गर्न आग्रह गरे।

यसअघि आईजीपीको दर्ज्यानी चिन्ह प्राप्त गरेपछि कार्कीले गृहमन्त्री अर्यालसँग उनको कार्यकक्षमा भेट गरेका थिए। उक्त अवसरमा गृहमन्त्री अर्यालले कार्कीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए।

उनले देशमा शान्ति, सद्भाव र अमनचैन कायम राख्न, नजिकिँदै आएको प्रतिनिधिसभा निर्वाचनका लागि चुस्त सुरक्षा व्यवस्था सुनिश्चित गर्न तथा प्रहरीको मनोबल उच्च राख्ने गरी नेतृत्वदायी भूमिका निर्वाह गर्न निर्देशन दिएका थिए।

प्रकाशित: २७ कार्तिक २०८२ १६:५२ | Thursday, November 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast