जनार्दन, घनश्याम र विप्लववीच एकसाथ चुनावमा जाने सहमति

हिमाल प्रेस २७ कार्तिक २०८२ ६:५८
20
SHARES
जनार्दन, घनश्याम र विप्लववीच एकसाथ चुनावमा जाने सहमति

काठमाडौँ- प्रगतिशील राष्ट्रिय अभियानका संयोजक जनार्दन शर्मा, नेता घनश्याम भुसाल र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।

बुधबार राजधानीमा उनीहरूबिच भेटवार्ता भएको हो। भेटवार्तामा उनीहरूबिच आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लगायत समसामयिक विषयमा छलफल भएको छ ।

आगामी चुनावमा आफूहरू सँगसँगै भाग लिने नेता भुसालले बताए । भेटघाटलाई निरन्तरता दिँदै जाने सहमति भएको उनले बताए । माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीसहित १० दलसँग पार्टी एकता गरेपछि शर्माले प्रगतिशील राष्ट्रिय अभियान निर्माण गरेका हुन् ।

भुसालले समेत उक्त एकताप्रति असन्तुष्टि जनाउँदै भुसाल पक्षीय नेताहरूले नेकपा बामपन्थी केन्द्र दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेस गरेका छन् ।

प्रकाशित: २७ कार्तिक २०८२ ६:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast