लोकतान्त्रिक जेन्जी फोरमका ७ प्रदेशकै संयोजक चयन

हिमाल प्रेस २६ कार्तिक २०८२ १३:५४ | Wednesday, November 12, 2025
66
SHARES
लोकतान्त्रिक जेन्जी फोरमका ७ प्रदेशकै संयोजक चयन

काठमाडौँ- लोकतान्त्रिक जेन्जी फोरमले सातवटै प्रदेशका संयोजक तोकेको छ। आज बसेको फोरमको बैठकले विभिन्न नेताहरूलाई जिम्मेवारी दिएको हो।

फोरमको कोशी प्रदेश संयोजकमा पोषण आचार्य (मोरङ), मधेश प्रदेश संयोजकमा सागर यादव (धनुषा), बागमती संयोजकमा रिजा थापा (ललितपुर), गण्डकीमा सागर पौडेल (कास्की), लुम्बिनीमा किरण पाठक (रुपन्देही, कर्णालीमा सुजिता रोकाया (सुर्खेत), सुदूरपश्चिम प्रदेशमा दीपक पाठक (महेन्द्रनगर) चयन भएका छन्।

फोरमले राष्ट्रियता, लोकतान्त्रिक मूल्य मान्यताको रक्षा, समावेशी, संघीयता, लोकतान्त्रिक गणतन्त्र, प्रेस स्वतन्त्रता , नागरिक सर्वोच्चता, स्वतन्त्र न्यायपालिका लगायत लोकतन्त्र का मुलभुत आधार स्तम्भलाई आक्रमण र षड्यन्त्र हुन नदिने प्रतिबद्धता गरेको छ।

‘हिजोका दिनमा भएका थुप्रै कमीकमजोरीलाई समीक्षा गर्दै आगामी दिनमा गल्ती नदोहोर्‍याउने प्रतिबद्धता सहित लोकतन्त्रलाई थप बिकसित र परिस्कृत गर्दै अगाडी बढ्नुपर्छ। देशको प्राथमिकतामा उधमशिलतालाई प्रोत्साहनसँगै उत्पादनका माध्यामबाट मुलुकका युवालाई रोजगारीको सुनिश्चितता गर्नुपर्छ।’ फोरमले भनेको छ,‘ मुलुकमा हुने अराजकता आगजनी , हिंसा र घृणाको राजनिति होइन सामाजिक सद्भाव, सहकार्य, शान्ति, एकता, सहिष्णुता र आपसि मेलमिलाप आजको आवश्यक्ता हो।’

प्रकाशित: २६ कार्तिक २०८२ १३:५४ | Wednesday, November 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast