जेनजी आन्दोलनमा सय अर्बको क्षति, पुनर्निर्माण दुई महिनापछि थालिने

हिमाल प्रेस २५ कार्तिक २०८२ १३:५५ | Tuesday, November 11, 2025
26
SHARES
जेनजी आन्दोलनमा सय अर्बको क्षति, पुनर्निर्माण दुई महिनापछि थालिने अर्थमन्त्री रामेश्वर खनाल। फाइल तस्बिर।

काठमाडौँ- अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएका महत्त्वपूर्ण संरचनाको पुनर्निर्माण दुई महिनापछि सुरु गरिने जानकारी दिएका छन्।

सिंहदरबारमा मंगलबार बसेको राष्ट्रियसभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा मन्त्री खनालले जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त सिंहदरबारभित्रका महत्त्वपूर्ण संरचनालाई अहिलेकै बजेटभित्रबाट दुई महिनापछि सुरु गरिने जानकारी दिएका हुन्।

खनालले जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट सरकारी संरचनातर्फ करिब सय अर्बको क्षति भएको प्रारम्भिक अनुमान रहेको बताए।

मन्त्री खनालले जेनजी आन्दोलन क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न स्थापना गरिएको कोषमा ८ करोड रुपैयाँ जम्मा भएको छ। मन्त्री खनालले टुक्रे आयोजनाहरुको बजेट कटौती गरी हुलाकी, मध्यपहाडी लोकमार्ग, बीपी राजमार्गलगायतका रणनीतिका आयोजनाहरुलाई प्राथमिकतामा राखेर बजेट छुट्टाइएको बताए।

जेनजी आन्दोलनको माग अनुसार बजेटको सही परिचालनका लागि सार्वजनिक खर्च व्यवस्थापन, खर्च कटौतीका आधार एवं मापदण्डलाई प्रभावकारी बनाइएको पनि उनले जानकारी दिए। मन्त्री खनालले आयकर घटे पनि समग्र राजस्व बढेको बताए।

यसैगरी जेनजी आन्दोलनपछि सेप्टेम्बरमा पर्यटक आगमनको संख्या घटे पनि त्यसपछि भने पर्यटक आगमनको संख्या निकै बढेको जानकारी दिए।

प्रकाशित: २५ कार्तिक २०८२ १३:५५ | Tuesday, November 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast