मन्त्रालयको बाँडफाँट टुंगो लगाउन गठबन्धन बैठक

हिमाल प्रेस २ माघ २०७९ १७:५५ | Monday, January 16, 2023
मन्त्रालयको बाँडफाँट टुंगो लगाउन गठबन्धन बैठक

काठमाडौँ- कुन दलले कति मन्त्रालय पाउने भन्ने टुंगो लगाउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धन दलको बैठक सुरु भएको छ। बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रालय भागबन्डाको खाका तयार गरेर अहिले अन्य दलका नेतासँग छलफल सुरु भएको हो।

बैठकमा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछाने, जसपाका अध्यक्ष उपेन्द्र यादव, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्लदेन सहभागी छन्। बैठकमा सरकारलाई समर्थन गरेका नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका नेता सहभागी छैनन्।

पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिए पनि अहिलेसम्म मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन्। प्रधानमन्त्री, तीन जना उपप्रधानमन्त्रीबाहेक चार मन्त्रीको भने अझै जिम्मेवारी तोकिएको छैन।

प्रकाशित: २ माघ २०७९ १७:५५ | Monday, January 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast