आलमको निधनको खबरपछि कांग्रेसले बोलायो आकस्मिक बैठक

हिमाल प्रेस २२ कार्तिक २०८२ ११:०१
आलमको निधनको खबरपछि कांग्रेसले बोलायो आकस्मिक बैठक कांग्रेस केन्द्रीय कार्यालय। फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाइएको छ। आज दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरमा बस्ने गरी बैठक बोलाइएको हो।

केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिलाई बैठकमा उपस्थित हुन अनुरोध गरिएको कार्यालय मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकले पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधनको शोकमा शोक प्रस्ताव पारित गर्ने बताइएको छ।

प्रकाशित: २२ कार्तिक २०८२ ११:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast