नेपाल–भारत सीमानाकामा आवागमन बन्द

हिमाल प्रेस २१ कार्तिक २०८२ १७:५९
14
SHARES
नेपाल–भारत सीमानाकामा आवागमन बन्द

काठमाडौँ- भारतको बिहार विधानसभाको दोस्रो चरणको निर्वाचनलाई मध्यनजर गरी नाका बन्द हुने भएको छ।

आगामी मंगलबार हुन लागेको बिहार विधानसभा निर्वाचनको दोस्रो चरणको मतदानलाई मध्यनजर गरी धनुषा, महोत्तरी, रौतहटलगायतका जिल्लाहरूको नाका बन्द हुने भएको हो।

धनुषा, महोत्तरी र रौतहट जिल्ला प्रशासन कार्यालयले सीमावर्ती क्षेत्र भारतको बिहार राज्यमा दोस्रो चरणको विधानसभा निर्वाचन हुने भएकाले शान्ति सुरक्षा व्यवस्थानका लागि शनिबार साँझ ६ बजेदेखि मंगलबार साँझ ६ बजेसम्म नेपाल–भारत सीमा बन्द हुने जनाएको छ।

धनुषा, महोत्तरी र रौतहटको सीमासँग जोडिएको मधुबनी, सीतामढी तथा पूर्वी चम्पारण जिल्लामा दोस्रो चरणको निर्वाचन हुन लागेको हो। यस अवधिमा नाकामा मानवीय/आकस्मिक सेवाबाहेकका अवागमन पूर्ण रूपमा बन्द गरिने जिल्ला प्रशासन कार्यालयहरूले जनाएका छन्।

नेपाल–भारत सीमा क्षेत्रसम्बन्धी भएको समन्वय बैठकपश्चात दुई देशमा निर्वाचन हुनुभन्दा ७२ घन्टाअगावै सीमा बन्द गर्ने चलन रहिआएको छ।

प्रकाशित: २१ कार्तिक २०८२ १७:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast