काठमाडौँ- नेकपा एकीकृत समाजवादीका असन्तुष्ट केही नेताहरू एमाले फर्किने अन्तिम तयारीमा छन्।
माधव नेपालसँग माओवादीसहितको एकतामा नगएका र घनश्याम भुसालसँग पार्टी पुनर्गठनमा समेत नलागेका केही नेताहरू एमालेमै फर्किने तयारीमा लागेका हुन्। उनीहरूले आज पत्रकार सम्मेलनमार्फत धारणा सार्वजनिक गर्दैछन्।
नेतृ रामकुमारी झाँक्री लगायतका नेताहरूको समूहले बुधबार बिहान १० बजे बसेरा होटलमा पत्रकार सम्मेलन गर्न लागेको पूर्वमन्त्री किसान श्रेष्ठले जानकारी दिए । पत्रकार सम्मेलनमा झाँक्री लगायतले एमालेमा फर्कने घोषणा गर्दै छन्।
‘हामी एमालेमा फर्कने समूहमा रहेकाहरूको पत्रकार सम्मेलन हुँदैछ,’ श्रेष्ठले भने।
बुधबार नै माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित ९ वटा पार्टी मिलेर ‘नेपाल कम्युनिस्ट पार्टी’ घोषणा गर्दैछन्।



