माओवादी-समाजवादीसहित ९ दलको एकता आज, संयोजकमा प्रचण्ड

हिमाल प्रेस १९ कार्तिक २०८२ ६:४०
20
SHARES
माओवादी-समाजवादीसहित ९ दलको एकता आज, संयोजकमा प्रचण्ड

काठमाडौँ- नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहितका ९ वटा पार्टीहरूबिच आज एकता घोषणा हुने भएको छ ।

माओवादी केन्द्रका नेता अग्नि सापकोटाले एकताका लागि यसअघि सहमति पत्रमा हस्ताक्षर गरेका पार्टीबिच काठमाडौँको भृकुटीमण्डपमा आज बिहान ११ बजे एकता घोषणा हुने बताए ।

एकीकृत पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहने बताइएको छ । पार्टीको चुनाव चिह्न पाँच कुने तारा राख्ने दलहरूबिच सहमति भएको छ। यसअघि हिजो नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिले पार्टी एकतासम्बन्धी प्रस्ताव पारित गरेको थियो ।

यो एकताको विरोध गर्दै माओवादी केन्द्रका नेता जनार्दन शर्मा समूहले छुट्टै अभियान घोषणा गरिसकेका छन् । उता एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायत पनि एकता प्रक्रियामा सामेल नहुने भएका छन् ।

प्रकाशित: १९ कार्तिक २०८२ ६:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast