युवाको प्रस्ताव केन्द्रीय समितिमा लैजाने सहमतिपछि खुल्यो कांग्रेस कार्यालयमा लगाएको ताला

हिमाल प्रेस १८ कार्तिक २०८२ १३:०३ | Tuesday, November 4, 2025
62
SHARES
युवाको प्रस्ताव केन्द्रीय समितिमा लैजाने सहमतिपछि खुल्यो कांग्रेस कार्यालयमा लगाएको ताला

काठमाडौँ- केही दिनयता विभिन्न माग राख्दै असन्तुष्ट युवाले पार्टी केन्द्रीय कार्यालयमा लागेको ताला खुलेको छ।

४० वर्षमुनिका युवाले पार्टीको महाधिवेशन तत्काल तोक्नुपर्ने, युवालाई प्राथमिकताका साथ महाधिवेशनमा प्रतिनिधि बनाउनुपर्ने जस्ता माग राखेर तालाबन्दी गरेका थिए। आज युवाहरू र कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग सहमतिपछि ताला खुलेको हो।

युवा नेता धर्मराज शाहीका अनुसार नेपाली कांग्रेस चालू केन्द्रीय समितिको बैठकले तत्काल महाधिवेशनको मिति तोक्ने, विगत ४ वर्ष भित्र क्रियाशिल सदस्यता नवीकरणको प्रगति विवरण सार्वजनिक गरी नेपाली कांग्रेसको वेबसाइडमामा राख्ने सहमति भएको थियो।

उनका अनुसार ४० वर्ष मुनिका ४० प्रतिशत युवाको माग सुनिश्चितता सम्बन्धमा केन्द्रीय समितिको विधानमा परिमार्जन गर्नुपर्ने भएको बृहतर नेपाली कांग्रेस पार्टीको विधानमा छलफल गर्ने सहमति भएको हो।

प्रकाशित: १८ कार्तिक २०८२ १३:०३ | Tuesday, November 4, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast