आज शोक बिदा, आधा झण्डा झुकाइने

हिमाल प्रेस २ माघ २०७९ ७:०७ | Monday, January 16, 2023
आज शोक बिदा, आधा झण्डा झुकाइने

काठमाडौँ- आइतबार बिहान पोखरामा भएको यति एअरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति शोक प्रकट गर्न आज शोक बिदा दिइएको छ।

विमान दुर्घटनापछि लगत्तै बसेको आकस्मिक मन्त्रिपरिषद्को बैठकले आज शोक बिदा दिने निर्णय गरेको हो। यस्तै आज आधा झण्डा झुकाइने निर्णय गरिएको गृहमन्त्रालयले जनाएको छ।

आन्तरिक उडानमा हालसम्मकै ठूलो क्षति भएको भन्दै मन्त्रिपरिषद् बैठकले शोक बिदा दिने निर्णय गरेको थियो। साथै हिजोकै बैठकले विमान दुर्घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग पनि गठन गरेको छ।

सरकारले बिदा दिने निर्णय गरे पनि छानबिनलाई प्रभावकारी बनाउनुको साटो बिदा दिइएको भन्दै चर्को आलोचनासमेत भएको छ।

आइतबार काठमाडौँदेखि पोखराका लागि उडेको यती एअरको विमान पोखराको सेती नदी खोँचमा दुर्घटनाग्रस्त बनेको थियो। जसमा १५ जना विदेशीसहित ५३ जना नेपाली यात्रु सवार थिए। साथै चार जना चालकदलका सदस्य पनि थिए। आइतबार रातिसम्म ६८ जनाको शव निकालिसकिएको थियो।

प्रकाशित: २ माघ २०७९ ७:०७ | Monday, January 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast