माओवादी केन्द्रको सचिवालय बैठक आज पनि बस्दै

हिमाल प्रेस १६ कार्तिक २०८२ ९:०६
10
SHARES
माओवादी केन्द्रको सचिवालय बैठक आज पनि बस्दै

काठमाडौँ- नेकपा माओवादी केन्द्रको सचिवालय बैठक आज पनि बस्दैछ। विभिन्न पार्टीसँग एकता गर्ने विषयमा छलफल गर्न हिजो सुरु भएको बैठक आज पनि बस्न लागेको हो।

अहिले केहीबेरमा पार्टी कार्यालय पेरिसडाँडामा सुरु हुने बैठकले एकताबारे ठोस निर्णय गर्ने बताइएको छ। माओवादीसँग नेकपा एकीकृत समाजवादी, महेन्द्र राय यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेकपा एमाले छोडेका प्रेमबहादुर सिंह र राजु कार्की नेतृत्वको नेकपा समाजवादी र सुवाष काफ्ले नेतृत्वको जन समाजवादीबीच एकता हुँदैछ।

एकताबारे वैचारिक, सैद्धान्तिक, राजनीतिक र नीतिगत विषयमा करिब–करिब सहमति भइसकेको माओवादी नेता अग्नि सापकोटाले जानकारी दिए। आजको बैठकले औपचारिक निर्णय गरेपछि यही कात्तिक १७ गते बस्ने महाधिवेशन आयोजक समितिको बैठकले पार्टी एकताबारे टुंगो लगाउने उनको भनाइ छ।

तर, हिजोको बैठक नेता जनार्दन शर्माले बहिस्कार गरेका छन्। उनले तत्काल एकता नगरी माओवादी केन्द्रलाई नै बलियो बनाउनुपर्ने भन्दै आफू बोलेपछि बैठक छोडेर निस्किएका थिए।

प्रकाशित: १६ कार्तिक २०८२ ९:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast